सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • बालुवाटार गएनन् बादल, पुल्चोकमा गरे आफ्नो पूर्वसमूहको भेला

बालुवाटार गएनन् बादल, पुल्चोकमा गरे आफ्नो पूर्वसमूहको भेला

7300
Shares
बालुवाटार गएनन् बादल, पुल्चोकमा गरे आफ्नो पूर्वसमूहको भेला

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी फुट संघारमा पुगेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने आफ्नै पूर्वसमूहको भेला गरेका छन्। आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले केपी शर्मा ओली क्याबिनेट छोडेका थिएनन्। उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो।

सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए। राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर उनी बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै बसे। पुल्चोकमा उनले आफ्नो पूर्वसमूहको भेला गरेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो। उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ।

7300
Shares

ट्रेन्डिङ