सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देउवा प्रधानमन्त्री हुदाको दुई रहस्य खुल्यो

देउवा प्रधानमन्त्री हुदाको दुई रहस्य खुल्यो

6970
Shares
देउवा प्रधानमन्त्री हुदाको दुई रहस्य खुल्यो

काठमाडौं, जेठ २४ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोपटक प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो, हो ज्योतिषीले दिएको सल्लाह । उनी तन्त्रमन्त्र, धामी, झाँक्री, जोखानामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन । दशै औंलामा औंठी लगाएको पनि देखिएकै हो । भनिएको के रहेछ भने, असार १५ गुज्रियो भने मुश्किल छ । जेठ २४ भित्रै भए राम्रो । नत्र अफ्ट्यारो पर्छ !
त्यसकारण शेर बहादुर देउवा दोस्रो चरणको चुनावसम्म पनि पर्खन नसक्ने अवस्थामा पुगेका रहेछन् । दोस्रो चरणको चुनाव मध्यअसारमा हुँदैछ । झरी–बाढी, पहिरोका कारण खोलानाला बढ्ने, मतदान केन्द्र असुरक्षित हुने, मतपेटिका ओसार्न पनि गाह्रो हुने बेला हो यो । उनलाई अंगिरश न्यौपाने, सन्तोष बाशिष्ट, जगतगुरु आचार्य वीरेन्द्रहरुले जसरी पनि २४ गते नकटाउनु भनेका हुन् । देउवाले विश्वस्तहरुलाई १९ देखि २३ सम्म उपत्यकाबाहिर नजानु भनेका थिए । ज्योतिषहरुलाई बुढानिलकण्ठ बोलाएर जन्मकुण्डली देखाउँथे । चिना हेराउने काम वैशाखदेखि नै तिव्र गतिमा अघि बढेको हो । कहिले आरजु, कहिले आफैं चिना फिजाउँन कस्सिन्थे ।
यसरी धेरै दुःखले हुन लागेको प्रधानमन्त्री संसदको गतिरोधको कारण मात्र अड्किने भएपछि सोमबार एमालेसहितका दलबीच सहमति भएको बताइन्छ । जसमा निर्वाचन सम्वन्धी बिगतमा भएका कमी–कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने भनिएको छ ।
– जनआस्था साप्ताहिक

6970
Shares

ट्रेन्डिङ