सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चण्डेश्वरी जात्रामा रथको चुकुल प्रहारबाट घाईते युवकको मृत्यु

चण्डेश्वरी जात्रामा रथको चुकुल प्रहारबाट घाईते युवकको मृत्यु

780
Shares
चण्डेश्वरी जात्रामा रथको चुकुल प्रहारबाट घाईते युवकको मृत्यु

काभ्रे :- जिल्लाको प्रमुख जात्राहरु मध्येको एक प्रसिद्ध जात्रा हो । बनेपामा हरेक वर्ष चल्ने चण्डेश्वरी जात्रा ।
सोही जात्रामा भएको झडपमा परी घाइते भएका सुबिन मानन्धरको उपचारको क्रममा मृत्यु भएको छ । जेठ १० गते देखि चलेको जात्रा तीन दिनसम्म चल्ने गर्दछ ।


जेठ ११ गते राति ८ः३० बजे बनेपा तिनधारामा दुई समूहबीच झगडा हुँदा स्थानीय २३ वर्षका सुबिन मानन्धरलाई रथको चुकुलले बनेपाकै वडा न ९ का २४ वर्षीय सुरज खड्गीले प्रहार गरेका थिए । उनिलाई यस अगाबै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरीसकेको छ ।


घाईते मानन्धरको भने अन्नपूर्ण अस्पतालमा उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी बनेपाका प्रमुख लाल्ध्वज सुबेदीले जनकारी दिएका हुन ।


चुकुल प्रहारगर्ने खड्गीलाई पक्राउ गरी उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी रहेको सुबेदीले जानकारी दिए ।

780
Shares

ट्रेन्डिङ