सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • जिल्ला कारागार काभ्रेको भयावह अवस्था: क्षमता भन्दा ४ गुणा कैदीबन्दी (भिडियो)

जिल्ला कारागार काभ्रेको भयावह अवस्था: क्षमता भन्दा ४ गुणा कैदीबन्दी (भिडियो)

430
Shares
जिल्ला कारागार काभ्रेको भयावह अवस्था: क्षमता भन्दा ४ गुणा कैदीबन्दी (भिडियो)

काभ्रे। जिल्ला करागार धुलिखेल काभ्रेमा क्षमता भन्दा झन्डै ४ गुणा कैदीबन्दी राखिएको छ । कारगारको क्षमता कुल ८५ जना रहेकोमा हाल ३ सय ४ जना राखिदै आएको छ ।

कुल ३ सय ४ मध्ये १ सय ९५ जना पुर्पक्षका लागी थुनामा पठाईएका छन् । भने बाकी १ सय ९ जना सबै सजाय तोकिएका हुन्। सजाय तोकिएकै पनि जिल्ला कारागारको क्षमता भन्दा दोब्बर केन्दीबन्दी जिल्ला कारगार धुलिखेलमा राखिदै आएको छ। जबर्जस्ति करणी मुद्धामा पक्राउ परी सजाय भोगिएको संख्या सबैभन्दा धेरै १ सय १७ जना रहेको छ। जुन कुलको एक तिहाई हो।

१८ देखि माथिका सबै उमेर समुहका ८२ बर्षको बृद्धसम्म पनि पुर्पक्षमा छन् भने कोहि सजाय काटिरहेका छन । जिल्ला कारागारमा महिला कैदीबन्दी छैनन् । जिल्लामा कुल ३ सय ४ जना कैदीबन्दी मध्ये मानसिक रुपमा समस्या भएका ९ जना रहेका छन । सहकारी ठगी तथा भ्रष्टाचारमा समेत ७ जना रहेका छन ।
बैंकिङ कसुर मा ६ जना रहेका छन ।

जिल्ला कारागारमा रहेका मध्ये १ सय ४५ जना रोजगारीमा छन । आन्तरिक प्रशासनमा ३५ जना कैदीबन्दिले कार्य गर्दै आईरहेका छन्। २५ जना कैदी बराबर १ नाईके हुने गर्छ ।

कारागारमा सजाय काटिरहेकाले मुडा बनाउने र गौलैचा बनाउने कार्य पनि गर्ने गरेका छन्। अहिले जिल्ला कारागार भित्र २४ ओटा तान रहेका छन्। जसमा ६० जनाले गलैचा बनाईराखेका छन्।

कारागारमै काम गर्ने अवसर पाएकाले प्रति महिना करिब १० हजार बराबर कमाई गर्ने गरेको धुलिखेल कारागार प्रमुख परशुराम थापाले जानकारी दिए। थापाका अनुसार गत मङ्सिर देखि प्रती कल २ रुपैयाँको दरमा कैदीबन्दीले फोन गर्ने सुविधा प्राप्त छ। संगै उनीहरुले क्यारिम र चेस र पुस्तक पढ्न लगाएतका मनोरन्जनात्मक क्रियाकलाप देखी मुडा र गलैचा बनाउने कार्य सम्म गर्न पाउने छन्। “

जिल्ला कारागारमा तीन वटा ब्लक रहेको छ । कैदी बन्दीको बसोबासका लागी प्रयोग गरिन्छ । कारागारमा ठाउँ अभाब ,विद्युत महसुल तिर्न पनि अपुग रहेको छ । बार्षिक रुपमा राज्यले उपलब्ध गराउदै आएको ६ लाख रकम अपुग रहेको जिल्ला कारागार धुलिखेलका प्रमुख परशु राम थापाले जानकारी दिए। उनका अनुसार सरकारबाट वार्षिक रुपमा ६ लाख आउछ , त्यो रकम अपुग हुन्छ।

यस आर्थिक वर्षको अन्त्य सम्ममा विद्युतको बक्यौता महसुल रकम १५ लाख हुने थापाले बताएका छन् ।

430
Shares

ट्रेन्डिङ