सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ‘सबै इन्जिनियरको हकहितलाई कार्यान्वयन गर्नकै लागि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ,’: इन्जिनियर हुमागाइ

‘सबै इन्जिनियरको हकहितलाई कार्यान्वयन गर्नकै लागि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ,’: इन्जिनियर हुमागाइ

12300
Shares
‘सबै इन्जिनियरको हकहितलाई कार्यान्वयन गर्नकै लागि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ,’: इन्जिनियर हुमागाइ

यहि बैशाख २४ गते हुने नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा बागमती प्रदेशको सचिव पदमा उम्मेदवारी दिनुभएका इन्जिनियर हरेराम हुमागाईले इन्जिनियरहरुको समस्या समाधान गर्नु नै आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । ‘यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, उहाँले भन्नुभयो, ‘सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्नकै लागि पनि मैले सचिव पदमा उम्मेवदारी दिएको हुँ, समस्यामा परेका सबै इन्जिनियर साथीहरुको समस्या समाधान गर्न म कटिबद्ध ढंगले लाग्नेछु ।’

काभ्रेको पात्लेखेतमा जन्मिनुभएका इन्जिनियर हुमागाईले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पिन) बाट सचिव पदका लागि उम्मेवदारी दिनुभएको हो । २०६५ सालमा ख्व्प कलेज भक्तपुर बाट Diploma in civil engineering उर्तिण गर्नुभएका हुमागाईले २०७० सालमा नेपाल इन्जिनियरिङ कलेजबाट Bachelor of civil engineering उर्तिण गर्नुभएकाे थियाे । इन्जिनियर हुमागाई हाल नेपाल इन्जिनियरिङ कलेजमा (MSc construction management ) विषयमा स्नातकोत्तर अध्ययरत गरिरहनुभएको छ ।

२०६६ देखि ६७ सम्म नेपाल रेडक्रस सोसाइटी र २०६९ देखि ७१ सालसम्म जिबिसमा इन्जिनियरको भुमिकामा रहेर काम गरिसक्नुभएका इन्जिनियर हुमागाईले २०७२ देखि ७३ सम्म Mercy crops मा DRR प्रमुख तथा काभ्रे जिल्ला संयोजकको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुभएको थियो ।

२०७३ सालदेखि हालसम्म धुलिखेल नगरपालिकाको शहरी विकास शाखा प्रमुखको नेतृत्व गरिरहनुभएका इन्जिनियर हुमागाई शान्त र शालिन ब्यक्तिको रुपमा समेत चिनिनु हुन्छ ।

नेपाल इन्जिनियर्स एशोसियसनको अधिवेशनमा बागमती प्रदेशको सचिवमा इन्जिनियर हरेराम हुमागाईको प्यालनबाट सभापतिमा इन्जिनियर बिनोद सापकोटा, उपसभापतिमा इन्जिनियर कृष्ण घिमिरे, सहसचिवमा इन्जिनियर सबिन अधिकारी र कोषाध्यक्षमा इन्जिनियरमा उमेश जंग थापाले उम्मेदवारी दिएका छन् ।

12300
Shares

ट्रेन्डिङ