सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पनौतीको नगरसभा स्थगित : ४ करोड बाडफाँडमा अड्को

पनौतीको नगरसभा स्थगित : ४ करोड बाडफाँडमा अड्को

एमालेबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नै भएनन्

70
Shares
पनौतीको नगरसभा स्थगित : ४ करोड बाडफाँडमा अड्को

काभ्रे :- पनौती नगरपालिकाको १७औं नगरसभाको पहिलो बैठक गणपूरक संख्या नपुगेको भन्दै सुरु हुनासाथ स्थगित भएको छ। पालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोडको नगरकार्य बजेट प्रस्तुत गर्ने तयारी गरेकोमा कार्यपालिकाको बैठकमा निर्णय भएको भन्दा ४ करोड ८५ लाख थपिएको बजेट सभामा प्रस्तुत हुने भएपछि आफूले नगरसभामा उपस्थिति नजनाएको उपप्रमुख गीता बन्जाराले बताउनुभयो।

११ बजेका लागि बोलाइएको नगरसभामा उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएपछि नगरप्रमुख भण्डारीले सुरु हुनासाथ सभा स्थगित गरी २ दिनपछि पुनः बोलाइएको जानकारी दिनुभयो। कार्यपालिकाबाट सबै स्वीकृत भइसकेपछि पनि सभामा किन अनुपस्थित रहनु परेको हो भन्नेबारे आफू जानकार नभएको दाबी नगरप्रमुख रामशरण भण्डारीले गर्नुभयो।

पनौतीको नगरसभा यसअघिका वर्षहरूमा पनि यस्तै गरी विभिन्न बहानामा स्थगित हुने गरेकोमा यो पटक भने कार्यपालिकाले पारित गरेकोभन्दा ४ करोडभन्दा धेरै रकमको बजेट आएकाले, साथै संचित कोषअन्तर्गतको ३६ करोडको भागबन्डा नमिल्नुका साथै स्वीकृतभन्दा बढी बजेट आएकाले कार्यकक्षमै छलफलपछि मात्र अर्को कार्यपालिकाबाट स्वीकृत गराई नगरसभामा बस्ने सोच बनाएको उपप्रमुख बन्जाराले बताउनुभयो।

नगरसभाको आगामी बैठक अब २ दिनपछि, असार ११ गतेका लागि बोलाइएको छ।

70
Shares

ट्रेन्डिङ