सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • नेपालबाट चोरेर अमेरिका लगिएको मुर्ति ३६ वर्षपछि पुरानै मन्दिरमा स्थापित

नेपालबाट चोरेर अमेरिका लगिएको मुर्ति ३६ वर्षपछि पुरानै मन्दिरमा स्थापित

4485
Shares
नेपालबाट चोरेर अमेरिका लगिएको मुर्ति ३६ वर्षपछि पुरानै मन्दिरमा स्थापित

 

काठमाडौँ :  २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ ।

शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा मुर्ति प्रतिस्थापन गरिएको हो । गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो । यसैबीच शनिबार मुर्ति प्रतिस्थापनपछि काठमाडौँस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले सो मुर्ति प्रतिस्थापन हुँदा खुशी लागेको बताएका छन् ।

4485
Shares

ट्रेन्डिङ