नेपालको क्षेत्रफल कति ? पाठ्यपुस्तकमा समावेश गरिएपछि विवाद
काठमाडौं, ३१ भदाै । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय […]