२ लाख ६५ हजार ९ सय मूल्यका पटाका नष्ट
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६५ हजार ९ सय ६० रूपैयाँ मूल्यका पटाका नष्ट गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएका पटाका जिल्ला प्रशासन, जनप्रतिनिधि, व्यवसायी र पत्रकारको रोहबरमा बिहीबार नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । चाडपर्वलाई लक्षित गरी पटाका नियन्त्रण गरिरहेको उनले बताए ।