दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ | अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आज (शुक्रवार) राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव […]