सबैको समाचार
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • बागलुङमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु , २५ घाइते

बागलुङमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु , २५ घाइते

1880
Shares
बागलुङमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु , २५ घाइते

काठमाडौं | बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए।

उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।

बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो।

मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

1880
Shares

ट्रेन्डिङ