सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आधा दर्जन युवा सम्मानित, राष्ट्रियताको गीत गाएर मात्रै स्वाभिमानी नबन्ने : माधव ढुंगेल

आधा दर्जन युवा सम्मानित, राष्ट्रियताको गीत गाएर मात्रै स्वाभिमानी नबन्ने : माधव ढुंगेल

4930
Shares
आधा दर्जन युवा सम्मानित, राष्ट्रियताको गीत गाएर मात्रै स्वाभिमानी नबन्ने : माधव ढुंगेल

काभ्रे, साउन २ (पुजन धिताल ) । जिल्लामा विभिन्न विधामा आधा दर्जन युवाहरुलाई सम्मान गरिएको छ । जिल्ला युवा समितिको कार्यालय काभ्रेले ६ जना युवालाई सम्मान गरेको हो । जिल्ला स्तरिय युवा प्रतिभा तथा युवा उधमिको खोजि गरी विभिन्न विधामा सोमबार उनीहरूलाई सम्मान गरेको हो । कार्यालयले उनिहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत सुचना तथा सञ्चार विधाबाट सगरमाथा टेलिभिजनका पत्रकार रामसुन्दर आचार्य , लेखन विधामा घायल योद्धा नवराज ढकाल, समाज सेवामा चण्डिका वाग्ले , युवा उधमि श्रीकृष्ण धिताल, नारायण खकुरेल र समित्रा श्रेष्ठ सम्मानित गरेको हो ।
राष्ट्रियताको गित गाएर मात्रै स्वाभिमानी नबन्ने : माधव ढुंगेल
सम्मानको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका केन्द्रिय कार्याकारी उपाध्यक्ष माधव ढुङगेलले राष्ट्रियताको गित गाएर मात्रै स्वाभिमानी नबन्ने बताएका छन् । जिल्ला युवा समिति काभ्रेले आयोजना गरेको युवा प्रतिभा तथा युवा उद्यमी सम्मान कार्यक्रममा बोल्नदै उनले यस्तो बताएका हुन् । उनले स्वदेशको जनशक्तिलाई परिचालन गर्न सके मात्रै देशले बिकासको क्षेत्रमा काँचुली फेर्नसक्ने बताए ।
उनले हाल भईरहेको विदेशी रोजगारमा गएका युवाहरूलाई नीतिगत ढ्रगमा परिचालन गर्न नसक्नु र रेमिट्यान्सले नै देश सँधै चल्नेछ ,सँधै बिकास हुनेछ ,भन्ने संहिकंर्ण बिचार राख्नु नै गलत भएको बताएका छन् । उनले आगामी दिनमा राष्ट्रिय युवा परिषदले स्थानिय निकायमा आफुहरूले कसरी युवा जनशक्तिलाई छान्ने र स्थानिय युवाको सोचलाई लक्ष्यमा कसरी ढाल्ने भन्ने बारे कार्ययोजना तर्जुमा गरी लाग्ने तयारी गरिरहेको समेत बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी कोमल प्रसाद धमलाले पनि कार्यक्रममा जिल्ला युवा समितिका विपिन लामाले युवा भावनाहरूलाई राज्यले स्मानको दृष्टिले मात्रै हेर्न सके थोरै बाट धेरै युवासहभागिता हुने तर्क गरे उनले अझै पनि विदेशमा श्रम गरेका युवा शक्तिले स्वदेशमा नै आएर गरेको प्रगतिबारे पनि प्रोत्साहनको काम राज्य निकायहरू बाटै हुनुपर्ने तर्क गरेका थिए ।
सम्मानित भएका ६ जनाको लागी ३४ जनाले आवेदन दर्ता गराएको र त्यसैबाट आफुहरूले प्रगति र कार्य विवरणको आधारमा उनीहरूलाई छनोट गरीएको समेत लामाले बताए । उनले आफुहरूले गरेको यो सम्मानले उनीहरूलाई काम गर्न थप उत्प्रेरण मिल्ने भन्दै यो कार्यक्रमलाई निरन्तर चलाईने समेत बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सीनाले पनि युवा उत्प्रेरणाको लागी राम्रो कामको सुरुवात भएको बताएका थिए ।
यो युग व्यवसायी उद्यमीशिलताको युग : एलडियो
जिल्ला समन्वयन समितिका प्रमुख एंव स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले जिल्लामा अबको युग व्यवसायीकता उद्यमीशिलतातिर उन्मुख हुनु पर्ने बताएका छन् । सोमवार काभ्रेको बनेपमा जिल्ला युवा समिति काभ्रेले आयोजना गरेको युवा प्रतिभा तथा युवा उद्यमी सम्मान कार्यक्रममा बोल्नदै उनले यस्तो बताएका हुन् । उनले–गाउँमा उद्यमीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औल्याए ।
हाम्रो देशमा नोकरी संस्कृति हो मास्टर कल्चर होइन नोकरी लाउनेसँग जोडिएको छ १० पोका चाउचाउ राखेर साउजी बन्ने प्रवृद्धिको हाबी बढदै छ । उनले भने,‘४०÷५० लाख युवाहरु विदेशमा श्रम र पसिना बगाई रहेका छन् राज्यले उद्यमीशिलता बनाई राजगारको व्यवस्था मिलाउन सके विदेश जनाबाट रोक्न सकिन्छ होइन भने पलायन हुन बाध्यता छ ।’ उनले सम्बृद्धि र सुशानको कुरालाई आम युवाहरुले आत्मसाथ लिनु आवश्यक रहको बताए ।
‘औषधी नहुने जडीबुडी हुदैन योग्यता र क्षमता नभएको व्यक्ति हुदैन उनले भने’ राष्ट्रिय योजनाको काममा युवा सहभागीता गराउन सकिए मात्रै पनि हरेक क्षेत्रमा युवाको जोस र जँगरले नै देशको बिकासमा कायपलट हुने विचार व्यक्त गरे । उनले राज्यले ल्याउने हर क्षेत्रको नीतिमा कति युवा कुन स्तरका युवा कुन क्षेत्रको लागी कति प्रर्याप्त छन् भन्ने कुराहरू अध्ययन गरी लाग्नुपर्ने बताए ।

4930
Shares

ट्रेन्डिङ