सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • स्रोत नखुलेको ३० लाख नगदसहित काभ्रेका युवक पक्राउ

स्रोत नखुलेको ३० लाख नगदसहित काभ्रेका युवक पक्राउ

33260
Shares
स्रोत नखुलेको ३० लाख नगदसहित काभ्रेका युवक पक्राउ

काभ्रे : स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित काभ्रे र रामेछापका एक–एक जना पक्राउ परेका छन् । उनीहरुलाई आज काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सना रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा सोही पसलमा काम गर्ने कर्मचारी रमेशले झोलामा राखेको ३० लाख ७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीको भनाइ छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाएको परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए ।

33260
Shares

ट्रेन्डिङ