आठ लाख नगद र लागूऔषध सहित ५ जना पक्राउ
मकवानपुर । लागूऔषध कारोबारमा संलग्न पाँच जनालाई मकवानपुर प्रहरीले आठ लाख नगदसहित पक्राउ गरेको छ। प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ […]