राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती […]