बैंकको ब्याजले महँगिए जलविद्युत् आयोजना
काठमाडौं,बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) संकट देखाउँदै ब्याजदर बढाएपछि जलविद्युत् आयोजनाको लागत बढ्ने भएको छ । यसले गर्दा निर्माण सकिएका र निर्माणाधीन जलविद्युत् आयोजना महँगिएका हुन् । बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनामा प्रवाह गरेको ऋणको ब्याजदर शून्य दशमलव ५ प्रतिशतदेखि २ प्रतिशतसम्म बढाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले […]