भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, १४ पुस : सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।