सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • भोलि सार्वजनिक बिदा भनेर ‘फेक’ सूचना बनाउनेलाई खोज्दै प्रहरी

भोलि सार्वजनिक बिदा भनेर ‘फेक’ सूचना बनाउनेलाई खोज्दै प्रहरी

4090
Shares
भोलि सार्वजनिक बिदा भनेर ‘फेक’ सूचना बनाउनेलाई खोज्दै प्रहरी

 

काठमाडौं, १४ पुस : भोलि ( बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन। बिदाको निर्णय शुक्रबार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ।

‘अहिलेसम्म बिदाको निर्णय भएको छैन। यस्तो फेक सूचना बनाउनेलाई खोजी गरिरहेका छौं। साइबर क्राइममा कारबाही हुन्छ,’ मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। सो अवसरमा बिदा दिने सरकारको तयारी छ।

 

4090
Shares

ट्रेन्डिङ