जेठ १०, लहान । स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ ।
यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ । पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ । एमालेले पनि मधेसवादी दलले छरेको भ्रम चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ ।
-नागरिक