सबैको समाचार
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • आज विश्व वातावरण दिवस : संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपतिको सुझाव

आज विश्व वातावरण दिवस : संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपतिको सुझाव

665
Shares
आज विश्व वातावरण दिवस : संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउन सुरु भएको हो । यस वर्ष दिवसका लागि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नारा तय गरिएको छ ।

वातावरण दिवसको अवसरमा शुभकामना दिँदै  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी आग्रह गरे ।

दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोेधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताए । 

665
Shares

ट्रेन्डिङ