सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिवम् सिमेन्ट बिरुद्ध उजुरीको चाङ्ग

शिवम् सिमेन्ट बिरुद्ध उजुरीको चाङ्ग

3105
Shares
शिवम् सिमेन्ट बिरुद्ध उजुरीको चाङ्ग

भारतीय नक्कली नागरिकता धारी र नेपाली व्यापारीहरुको संयुक्त लगानीमा स्थापना भएको शिवम् सिमेन्ट बिरुद्ध नापतौल तथा गुणस्तर विागमा उजुरी समेत परेको छ । कमशल, ढुङ्गाको धुलो र वालुवा बोरामा राखी चिटिक्क बनाई ५ केजी बढी दिई उपभोक्ता ठगी गर्दै आएको शिवम् सिमेन्ट अब कारवाहीको कठघरामा पुगेको छ ।
यदि नापतौल तथा गुणस्तर विभागका महानिर्देशकले ‘नगद नारायण’ बुझेनन् भने उक्त सिमेन्टलाई कारबाही हुने उपभोक्ताहरुको दावी छ ।
आफुलाई काँग्रेसका नेता भनैदाहरुले संरक्षण गरेको सो सिमेन्ट बिरुद्ध कारवाही नभए विप्लप माओवादीसँग मिली उपभोक्ताहरुले शिवम् सिमेन्टको कारखाना नै बन्द गर्ने उपभोक्ता उमेशकान्त यादवले राजतिलक साप्ताहिकसँग बताए ।
गुणस्तरहिन उक्त सिमेन्टले अधिकांश ठूला मिडियामा चर्को मुल्य तिरी विज्ञापन गराई जनता ठगी गरिरहेको विभिन्न सञ्चार माध्याममा समाचार आएपनि राज्य निरिह बन्नुको पछाडिको रहस्य के हो यसको खोजी हामीले शुरु गरेका छां ।
सोझा सादा नेपाली जनतालाई ढुङ्गाको धुलो बेच्ने अधिकार कसैलाई छैन यो अपराध हो कि होइन । यति मात्रै होइन शिवम् सिमेन्टले केमिकल खरिद गरि नेपाल भित्र्याउँदा समेत विभिन्न भन्सारमा कर्मचारीसँग मिलोमोतो गरी राज्यको राजश्व समेत छली गरेको फेला परेको छ ।
भारत र अन्य मुलुकबाट केमिकल खरिद गरि कम बिल देखाई भन्सार कर्मचारीहरुलाई ‘नगद नारायण’ बुझाएर राज्यको कर छली गरेको उजुरी आन्तरिक राजश्व विभागमा सोही सिमेन्टका एक कर्मचारीले हालेका छन् ।
राज्यको राजश्व छल्ने अधिकार नेपालको कानुनमा कसैलाई छैन ।
भारतीय नक्कली नागरिकताधारी र नेपाली व्यापारीहरुको शिवम् सिमेन्ट अब कारवाहीमा पर्ने प्रायः निश्चित भएको छ । यदि यि दुबै निकायले कारवाही नगरे उपभोक्ताले नै कारवाही गर्ने तयारीमा रहेका छन् ।

3105
Shares

ट्रेन्डिङ