सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • वामदेवको नेतृत्वको ४४ वटा संगठन वृक्षारोपणमा जुट्दै

वामदेवको नेतृत्वको ४४ वटा संगठन वृक्षारोपणमा जुट्दै

4565
Shares
वामदेवको नेतृत्वको ४४ वटा संगठन वृक्षारोपणमा जुट्दै

असार १२, काठमाडौं; काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४४ वटा जनवर्गीय संगठनहरुले वृक्षारोपण वर्षलाई सफल पार्न सक्रिय भएका छन् । (नेकपा) का सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा आज आयोजित संगठनहरुको संयुक्त भेलाले वृक्षारोपण वर्ष सफल पार्न असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको हो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री मा.शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । नेपाल सरकारले यस आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय समेत गरेको छ ।

– रातोपाटीबाट

4565
Shares

ट्रेन्डिङ