असोज ७ गते सार्वजनिक बिदा दिने
बुटवल :- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ। प्रमुख […]