सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

2160
Shares
प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

बारा :- बाराकाे नेपाल-भारत सिमानामा रहेकाे दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानकाे शव भेटिएकाे छ । पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेकाे हाे ।

प्रहरीले हत्या आशङ्कामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राहुल साह र सामलाल महतो रहेका छन् । घटनामा नेपालीसहित चारजनाकाे संलग्नता रहेकाे र अन्य दुई जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

स्थानीयवासीका अनुसार सशस्त्र प्रहरीकाे जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल चलाउनु भएकाे थियाे । तर, केही समयअघिदेखि उहाँले रक्सी पसल बन्द गरेर गाउँमै खेतीपाती गर्दै आउनु भएकाे थियाे ।

2160
Shares

ट्रेन्डिङ