सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक बेलायती र नेपाली आरोही बेपत्ता

सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक बेलायती र नेपाली आरोही बेपत्ता

125
Shares
सगरमाथा आरोहण गरेर फर्कने क्रममा एक बेलायती र नेपाली आरोही बेपत्ता

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् ।

 बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।  मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाकोमकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका हुन् ।

विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी गरीएको विज्ञप्तिमा दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका उल्लेख छ ।

बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

125
Shares

ट्रेन्डिङ