सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • मालपोत कार्यालय काभ्रेले भोली देखी बार अनुसार सोवा प्रवाह गर्ने

मालपोत कार्यालय काभ्रेले भोली देखी बार अनुसार सोवा प्रवाह गर्ने

6335
Shares
मालपोत कार्यालय काभ्रेले भोली देखी बार अनुसार सोवा प्रवाह गर्ने

काभ्रे : जिल्ला मालपोत कार्यालय काभ्रेले भोली देखी बार अनुसार सोवा प्रवाह गर्ने भएको छ । कोरोना भाईरसको संक्रमणको अपस्थालाई मध्यनजर गर्दै कार्यालयले बार अनुसार सेवाग्राहीलाई सोवा दिने निर्णय गरेको कार्यालयका मालपोत अधिकृत ऋषि कुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसरा सेवाग्राहीको भिडभाडलाई ब्यवस्थित गर्न रस्वास्थ्य सुरक्षाका उपायहरु अपनाउदै भोली देखी कार्य संञ्चालन गरिने छ । सोवा प्रवाह गर्न स्थानिय तह अनुसार बार तोकिएको छ ।

आईतबार, मंगलबार र बिहिबार बनेपा, नमोबुद्ध र धुलिखेल नगरपालिकाका सेवाग्राहीहरुले कार्यालयबाट सेवा लिन सक्ने छन् । यस्तै सोमबार,बुधबार र शुक्रबार पनौती,पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका सेवाग्राहीहरुका लागी बार तोकिएको छ । गाँउपालिकाका सेवाग्राहीहरुले भने आर्ईतबार देखी शुक्रबार सम्मै कार्यालयबाट सेवा लिन सक्ने छन् ।

6335
Shares

ट्रेन्डिङ