सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

3880
Shares
सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो ।
त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए ।
उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ । अनलाइनखबर

3880
Shares

ट्रेन्डिङ