सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • एक युवकको खुकुरी प्रहार गरी हत्या

एक युवकको खुकुरी प्रहार गरी हत्या

2260
Shares
एक युवकको खुकुरी प्रहार गरी हत्या

बर्दिया | बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ।

गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

गएराति दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा उनीमाथि खुकुरी प्रहार भएको हो।

झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

2260
Shares

ट्रेन्डिङ