सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • समय साकोसले गर्यो आठौ वार्षिक साधारणसभा सम्पन्न

समय साकोसले गर्यो आठौ वार्षिक साधारणसभा सम्पन्न

4325
Shares
समय साकोसले गर्यो आठौ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे : समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपामा कार्यालय रहेको साकोसको वार्षिक साधारणसभा असोज १० गतेबाट सुरु भएको थियो । वार्षिक साधारणसभा ३ दिन पछि आज संस्थाकै कार्यालयमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भिम बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेयर सदस्य लगायत ६०७ जनाको उपस्थिती रहेको थियो। संस्थाका अध्यक्ष बाँस्कोटाले आर्थिक बर्ष ०७७-०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक बर्ष ०७८ -०७९ को लक्ष्य ,कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै उनले कार्यक्रममा उपस्थित सम्पुर्ण कार्यसमितिका पधाधिकारिहरु कर्मचारीहरु,अतिथी,सेयर तथा बचत सदस्यहरुलाई स्वागत मन्तब्य समेत प्रस्तुत गरेका थिए।

आर्थिक बर्ष ०७७ -०७८ सम्ममा संस्थाको निक्षेप १० करोड ५८ लाख ९४ हजार १४१ रुपैया भएकोमा गत बर्षको निक्षेप संकलन ३ करोड ४८ लाख,६० लाख, सेयर संकलन गर्न सफल भै सदस्यहरुमा कर्जा ९ करोड ४७ लाख प्रबाह गरेको छ ।

चालू आर्थिक वर्ष भित्रमा संस्थाको निक्षेप ३ करोड, सेयर पूँजि ५० लाख थप गरि कर्जा ११ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको जानकारी गरएका थिए ।

संस्थाका सेयर सदस्यहरुले संस्थाप्रति राखेको जिज्ञासालाई प्रष्ट पार्दै सहजीकरण समेत गरेक थिए । आगामी दिनहरुमा पनि सदस्यको साथ सहयोगको अपेक्षा गर्दै अध्यक्ष बाँस्कोटाले समय बचत तथा ऋण सहकारी सस्था कसैको एकल नभएर तपाईं सेयर सदस्यकै भएको र बचत गर्न कुनै आलटाल नगर्न आफ्ना सदस्यलाइ अनुरोध समेत गरेका थिए। कार्यक्रममा संस्थाका कार्यसमिति सचिव हुद्दराज तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए।

4325
Shares

ट्रेन्डिङ