सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सांसद सरिता गिरीलाई एकहप्ताभित्रै कारबाही गर्न युवा संघको अल्टिमेटम

सांसद सरिता गिरीलाई एकहप्ताभित्रै कारबाही गर्न युवा संघको अल्टिमेटम

5890
Shares
सांसद सरिता गिरीलाई एकहप्ताभित्रै कारबाही गर्न युवा संघको अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन ‘राष्ट्रिय युवा संघ, नेपाल’ले नेपाल र नेपाली जनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई एकहप्ताभित्रै कारबाही गर्न अल्टिमेटम दिएको छ । संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले कारबाही नगरे उत्पन्न परिस्थितिको सामना गर्न चेतावनी दिएका छन् ।

समाजवादी पार्टीकी सांसद गिरीले नेपाल र नेपाली जनताको सार्वभौमिकताविरुद्ध दिएको अभिव्यक्तिप्रति युवा संघ नेपालले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गैर जिम्वेवार व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई गंभिरतापुर्वक अनुरोध पनि गर्न चाहान्छ । त्यसै गरि यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाहि गर्न सम्बन्धित निकायसँग माग गर्दछ । निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम निज सरिता गिरि र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौ ।’

संगठनले नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य गिरीलाई स्मरण गराएको छ ।

त्यस्तै रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारावाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन नदिने मानविय चेतना निर्माणको काममा ध्यान दिन समेत सरकारसँग आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिद्धार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमवेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको उल्लेख गर्दै अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपूर्तिको व्यावस्था गर्नसमेत संगठनले माग गरेको छ ।

5890
Shares

ट्रेन्डिङ