जाँड–रक्सी खाएर झगडा गर्दा १ जनाकाे ज्यान गयाे
साेलुखुम्बु । सोलुखुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । […]