सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • हामी नै मन्त्रालय, हामी नै सामाजिक सुरक्षामा सहभागी छौनौँ” : श्रममन्त्री दिपक कुमार साह

हामी नै मन्त्रालय, हामी नै सामाजिक सुरक्षामा सहभागी छौनौँ” : श्रममन्त्री दिपक कुमार साह

रोजगारी सिर्जना बिना सरकार सफल हुन सक्दैन :- श्रममन्त्री दिपक कुमार साह

75
Shares
हामी नै मन्त्रालय, हामी नै सामाजिक सुरक्षामा सहभागी छौनौँ” : श्रममन्त्री दिपक कुमार साह
  • पुजन धिताल

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित एक होटलमा बाग्मती प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम सुरु भएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा प्रारम्भ भएको उक्त कार्यक्रममा बाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये १०९ स्थानीय तहका रोजगार संयोजकहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रम आज र भोलिसम्म सञ्चालन हुने तथा दिनहुँ पाँच/पाँच सत्रका दरले विभिन्न विषयमा प्रस्तुतीकरण गरिने जानकारी दिइएको छ। उक्त कार्यक्रममा प्राविधिक तथा आर्थिक सहयोग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले उपलब्ध गराएको बताइएको छ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले रास्वपाले आन्तरिक रोजगारी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना नगरी सरकारको सफलता सम्भव नहुने स्पष्ट पार्दै रोजगारी सिर्जना वर्तमान सरकारको प्रमुख दायित्व रहेको धारणा व्यक्त गर्नुभयो।

“हामी सफल हुनु भनेको रोजगार संयोजकहरू सफल हुनु हो, त्यसैले तपाईँहरूलाई आवश्यक साथ र सहयोग गर्न मन्त्रालय सधैँ तत्पर छ,” उहाँले बताउनुभयो। हाल बाग्मती प्रदेशका संयोजकहरूसँग भएको अन्तरक्रियामार्फत देशभरका संयोजकहरूलाई सन्देश प्रवाह गर्न खोजिएको उहाँको भनाइ थियो।
मन्त्री साहले रोजगार संयोजकहरूले भोगिरहेका समस्याका सम्बन्धमा आफूले महाशाखा प्रमुखसँग छलफल गरिसकेको जानकारी दिँदै समाधानका लागि आवश्यक पहल अघि बढाइएको बताउनुभयो। साथै, मन्त्रालय तथा सामाजिक सुरक्षा प्रणालीबीच देखिएका विरोधाभास अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै “हामी नै मन्त्रालय, हामी नै सामाजिक सुरक्षामा सहभागी छौनौँ” भन्ने अवस्थालाई विरोधाभास पुर्ण भन्दै यस्को सुधारमा आफ्नो पहल हुने बताउनु भयो ।उहाँले रोजगार संयोजकहरूको सेवा–सुविधासम्बन्धी विषयमा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री रोजगार महाशाखाका प्रमुख कृष्ण प्रसाद सापकोटाले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूले आन्तरिक रोजगारी सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरू रोजगारी प्रवर्द्धनका दृष्टिले कोशेढुंगा सावित हुने धारणा राख्नुभयो।

उक्त तालिम कार्यक्रममार्फत रोजगार संयोजकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी स्थानीय तहमा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने तथा सरकारी योजनाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । भने कार्यक्रमको प्रस्तुतीकरण र लजिस्टिकको ब्यवस्थापन आई एल ओ ले गरेको आयोजकले जनाएको छ।

75
Shares

ट्रेन्डिङ