सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • सडक कालोपत्रेका लागि धुलिखेल-खावा सडक खण्डमा सवारी आवत जावतमा रोक

सडक कालोपत्रेका लागि धुलिखेल-खावा सडक खण्डमा सवारी आवत जावतमा रोक

110
Shares
सडक कालोपत्रेका लागि धुलिखेल-खावा सडक खण्डमा सवारी आवत जावतमा रोक

सडक कालोपत्रे गरिने भएकाले धुलिखेल -खावा सडक खण्डमा सवारी आवत जावतमा रोक लगाईने भएको छ ।

आगामी चैत्र ७ गतेबाट सवारी साधन सञ्चालनमा रोक लगाईने जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीकोे अध्यक्षतामा बसेको बैठकले निष्कर्स निकालेको छ । प्रमुख जिल्ला अधिकारी, पाँचखाल नगरपालिका नगरप्रमुख, मण्डनदेउपुर नगरपालिका नगरप्रमुख , सुरक्षा निकाएका प्रमुखहरु , डिभिजन सडक कार्यलय प्रमुख, इन्जिनियर तथा प्रतिनिधिको संयुक्त बैठकले सो निष्कर्स निकालेको हो ।

सडक कालोपत्रे गर्ने क्रममा आगामी चैत्र ७ गतेदेखि २० गतेसम्म सडक खण्डमा टिपर संचालन गर्न नमिल्ने, बस तथा अन्य सवारी साधन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म गुडाउन नमिल्ने निष्कर्ष बैठकले निकालेको छ । सो अवधिमा बैकल्पिम रुटको सहजिकरण जिल्ला ट्राफिक कार्यलय काभ्रेले गर्ने भएको छ भने आवश्यक सूचना प्रवन्ध तथा समन्वय सडक डिभिजन कार्यलय भक्तपुरले गर्ने भएको छ ।

110
Shares

ट्रेन्डिङ