सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

डसेपछि मौरी किन मर्छ ?

4890
Shares
डसेपछि मौरी किन मर्छ ?

२९ फागुन, काठमाडौं : मौरीले डसेपछि त्यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । अर्कोतिर, हामीलाई डस्ने मौरी पनि बाँच्दैन । अर्थात्, डसेपछि मौरी पनि मर्छ । त्यसरी, कसैलाई डसेपछि मौरी किन मरेको होला ? के त्यस्को ज्यान नै त्यसको खीलमा हुन्छ ? हाम्रो मनमा यस्तो जिज्ञासा उठ्नु स्वभाविकै हो ।

आउनुहोस् यहाँ मौरी र त्यसको डसाई तथा डसेपछि मौरी किन मर्छ ? भन्ने बारे सामान्य चर्चा गरौं ।यस संसारमा सयौं किसिमका मौरीहरु पाइन्छन् । तर सबै मौरीले टोक्दैनन् । हामीले देखिरहेको भोगिरहेको टोक्ने मौरी भनेको मह बनाउने मौरी (Honey Bee) नै हो ।

मौरीको पेटको पुछारमा खील र त्यसलाई ढाकेका अन्य अंगहरु हुन्छन् । मौरीको त्ये खील अत्यन्तै जटील चीज हो । किनभने मौरीले त्यही खीलले शत्रुलाई आक्रमर्ण गर्छ । अर्कोतिर त्यो खीलले मौरीलाई अण्डा पार्न पनि मद्दत गर्छ । उपयोगिता हेर्ने हो भने, मौरीको उक्त खीलको काम नै अण्डा पार्नु हो ।मौरीको खील काँडा जस्तो हुन्छ । तीनवटा टुक्रा मिलेर बनेको खीलको बीचमा नली जस्तो हुन्छ र यो खील दुईवटा अति संवेदनशील, औंला जस्तो अंग (Projection) हुन्छ । त्यसै अंगको मद्दतले नै मौरीले आफुले डस्न चाहेको ठाउँमा आफ्नो खील भएको अंग परे–नपरेको थाहा पाउँछ ।

मौरीले डस्दा, यसको तीखो खील बाहिरतिर धकेलिन्छ । त्यसैबेला, मौरीको विष ग्रन्थीबाट खील गाडिएकै घाउमा विष पनि पर्छ । फलस्वरुप, डसेको दुखाइ र विषको पोलाइ दुवैले डसिएको मान्छेलाई अति पीडा हुन्छ । मौरीको खीलले भन्दा पनि त्यसको विषले बढी पीडा दिन्छ ।मौरीले डसेको खील गाडिएपछि त्यो सजिलै निस्कँदैन । फलतः जसै मौरी टोकेर उड्न खोज्छ, त्यसको खील र त्यो जोडिएको अंग मौरीको जीउबाट चुडिनु पुग्छ र मौरी तत्कालै मर्छ ।

मौरीको खील हातले निकाल्न खोज्नु हुँदैन । किनभने, हातले निकाल्न खोज्दा त्यहाँ चुँडिएर रहेको मौरीको विष ग्रन्थी निचोरिएर झनै बढी विष घाउमा जान सक्छ । त्यसैले, नंग काट्ने औजार वा अन्य त्यस्तै कुनै औजारहरुको मद्दतले मात्र त्यसलाई हटाउनु पर्छ ।त्यसो त उपचारपद्दतिको रुपमा मौरीलाई टोकाउने विधि पनि प्रचलनमा रहेको छ । यो बेग्लै प्रसंगको कुरा भयो । यसबारेमा पछि कुनै अलग्गै लेखमा चर्चा गरिनेछ ।

 

-रातोपाटीबाट

4890
Shares

ट्रेन्डिङ