सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • स्कुल बसले किच्दा बालिकाको मृत्यु

स्कुल बसले किच्दा बालिकाको मृत्यु

510
Shares
स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

510
Shares

ट्रेन्डिङ