सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अन्तराष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान

अन्तराष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान

4845
Shares
अन्तराष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान

यती डेभलपमेण्ट बैंकले १०७ औं अन्तराष्ट्रिय नारी दिबस को अवसरमा बिभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने नारीहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ ।
बिगत लामो समय देखि कला क्षेत्रमा तथा रेडियो प्रस्तोताको रुपमा समाजमा गहिरो छाप छोड्न सफल लक्ष्मी भुषाल, लामो समय देखि संचार क्षेत्रमा योगदान पुर्याउनु हुने कृष्णा ताम्राकार र आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगीताको एथलेटीक फिजिक बिधामा कास्य पदक हासिल गरी आन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन योगदान गर्नु हुने ननिता महर्जनलाई नगद तथा सम्मान–पत्र सहित बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सम्मान गर्नु भयो ।
संचारकर्मी कृष्णा ताम्राकार अस्वस्थ्य रहनुभएकोले उहांको सम्मान उहांको छोरी गृष्मा राजभण्डारीलाई प्रदान गरीएको छ ।
बैंकले सामाजीक उत्तर दायित्व वहन गर्ने शिलशिलामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि सामाजीक कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकको योजना रहेको छ

4845
Shares

ट्रेन्डिङ