तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् ।
डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ ।
तनहुँको आबुखैरेनी अस्पतालमा वर्ष ९२ को रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् ।