सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सभापति देउवा नाङ्गिए, खड्कालाई किन अन्याय भन्दै कालो झण्डा देखाइयो

सभापति देउवा नाङ्गिए, खड्कालाई किन अन्याय भन्दै कालो झण्डा देखाइयो

5375
Shares
सभापति देउवा नाङ्गिए, खड्कालाई किन अन्याय भन्दै कालो झण्डा देखाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावशाली नेता खुमवहादुर खड्कामाथी ठुलो अन्याय गरे यो भनाई कांग्रेसीहरुको हो । पछिल्लो समय देश दौडाहामा लागेका शभापति शेरबहादुर देउवालाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाउदै सार्वजनिक कार्यक्रममा चर्का नाराबाजी गरेर आलोचना गरिएका छन् । कांग्रेस सभापति देउवा पछिल्लो समय झन्झन् नाङ्गिदै गएका छन् ।
आफ्नै कार्यकर्ताले कालो झण्डा देखाए पछि उनले कांग्रेसको नेतृत्व गर्न नसकेको नेताहरुले खुलेरै बहस गर्न थालेका छन् । दाङको चखौरामा बुधबारदेखि सुरु भएको थारु माघी महोत्सवको उद्घाटन समारोहमा पुगेका साभापति देउवा नराम्ररी आलोचित हुनु भएको हो । पछिल्लो समय पार्टी उपसभापति मनोनयनमा खुमवहादुर खड्कालाई पछि पारेको भन्दै आलोचना खेप्दै आएका देउवा उनै खड्काको गृह जिल्ला दाङमा थप आलोचित बन्न पुगेको हो ।
उनले सम्बोधन गर्दैगर्दा कार्यक्रम स्थलमै ‘खुमवहादुर दाई जिन्दावाद’ भन्दै नारा लगाईएको थियो । पार्टी उपसभापति चयनमा देउवाले खड्कालाई घात गर्न खोजेकोे भन्दै त्यसको बिरोधमा देउवाले बोल्न सुरुगरेलगत्तै युवाहरुले खड्काको नाम लिएर कालो झण्डा देखाउदै नारा लगाएका थिए । लगातार खड्काको पक्षमा नाराबाजी चर्किएपछि देउवाले मन्तव्यलाई अधिक छोट्याएका थिए, भने नाराबाजी चर्किएपछि प्रहरीले बल प्रयोग गरेरै त्यो समुहलाई बाहिर निकालेको थियो ।
पार्टी सभापति भएपछि पहिलो पटक खड्काको गृह जिल्ला दाङमा आएका देउवालाई खड्काको पक्षमा नाराबाजी गरेर दबाब पुर्याउने पूर्व तयारी भएको र कार्यक्रम स्थलमा देउवा बोल्नु पूर्वनै खड्का पक्षधरहरुले कडा आलोचना गरिरहेका थिए । देउवाले गत महाधिबेशनमा आफुले सभापतिमा जिते खड्कालाई उपशभापति बनाउने बचन दिएका थिए ।
महाधिबेशनको निर्वाचन संपन्न भएको एक हप्तामा खड्कालाई उपसभापति बनाउने बचन दिएका देउवाले झण्डै एक बर्ष पुग्दा पनि उपसभापति नगराए पछि देउवा बिरुद्ध बिभिन्न जिल्लामा बिरोधका कार्यक्रम हुने समाचार स्रोतले राजतिलकलाई बताएको छ । खड्कालाई किन अन्याय भन्दै अन्य जिल्लामा समेत बिरोधका कार्यक्रम हुने भएको हो ।

5375
Shares

ट्रेन्डिङ