सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • जीपको ठक्करबाट एक जनाकाे ज्यान गयो

जीपको ठक्करबाट एक जनाकाे ज्यान गयो

4280
Shares
जीपको ठक्करबाट एक जनाकाे ज्यान गयो

सर्लाही – जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाकाे ज्यान गएको छ । बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शाैच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट ज्यान गएको हो ।

को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डीएसपी प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । परीक्षणपछि मृतकको शव आफन्तले बुझेका छन्।

4280
Shares

ट्रेन्डिङ