सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ

कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ

4970
Shares
कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ

काठमाडौं,भदौ,३० ;पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् |पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

सन्दीप दासको ठाउँमा २० वर्षीय रामचन्द्र दास परीक्षा दिन आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बुधबारदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ।पक्राउ परेका रामचन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउँदै गरेको पाण्डेले बताए। परीक्षा हलमा रामचन्द्रलाई अरू विद्यार्थीले नचिनेपछि प्रहरीलाई खबर भएको थियो।

परीक्षा हलमा अरू विद्यार्थीहरूले चिनेनन्। त्यसपछि हामीलाई खबर भयो,’ पाण्डेले भने,’उनलाई ल्याइँदैछ। सोधपुछ गर्न पाइसकेका छैनौं।’

 

साभार ;सेतोपाटीबाट

4970
Shares

ट्रेन्डिङ