सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुल्गेरियामा नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

बुल्गेरियामा नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

2665
Shares
बुल्गेरियामा नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

बुल्गेरियाका नयाँ राष्ट्रपति रुमेन रादेभले आइतबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नु अघि उहाँले विषेश समारोहका बीच सपथग्रहण गर्नुभएको थियो । कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय र कुटनीतिक नियोगका उच्च अधिकारीहरु सहभागी हुनु भएको थियो ।
सो अवसरमा उहाँले भन्नुभयो, “म बुल्गेरियाका लागि वार्ता, मेलमिलाप र सहकार्यको राष्ट्रपति बन्ने छु ।”
उहाँले राष्ट्रिय सभा, सरकार र अन्य निकायका साथै राजनीतिक पार्टी, नागरिक समाजका सङ्घ÷संस्थालगायतसँग संयुक्त रुपमा बुल्गेरियाको समस्या समाधानका लागि काम गर्ने पनि बताउनुभयो ।
बुल्गेरियाका जनताको अधिकार, चाहना र स्वाभिमानलाई प्राथमिकतामा राखेर देशका लागि काम गर्न चाहेको पनि नयाँ राष्ट्रपति रादेभले अठोट व्यक्त गर्नुभएको छ ।
त्रिपन्न वर्षीय रादेभ सन् १९८७ मा हवाई सेनामा भर्ना हुनु भएको थियो । उहाँ सन् २०१६ मा मात्रै हवाई सेनामा “कमाण्डर ” भइरहेकै अवस्थामा अवकास हुनु भएको थियो ।
उहाँले गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी पार्टी बुल्गेरियन समाजवादी पार्टीको समर्थनमा विजयी हुनु भएको थियो । रासस/सिन्ह्वा

2665
Shares

ट्रेन्डिङ