सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • आज न्युयोर्क फर्किने संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

आज न्युयोर्क फर्किने संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

1655
Shares
आज न्युयोर्क फर्किने संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौं | नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्।

कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।

1655
Shares

ट्रेन्डिङ