काभ्रे :- विभिन्न अन्यौल र चुनौतीहरूका बाबजुद विश्व युवा महोत्सव २०२५ आज साँझ ५ बजे भव्य रूपमा उद्घाटन गरिएको छ। कार्यक्रमका अध्यक्ष दीपक कुमार गौतम, जो हिजो बैकिङ कसुरमा पक्राउ परेका थिए, सम्मेलनको नेतृत्व गर्दै महोत्सवलाई सफलतापूर्वक अघि बडाईएको छ।
विश्व युवा महोत्सवले कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल स्वास्थ्य, युवा ह्याक फेस्ट लगायतका समसामयिक विषयहरूमा छलफल गर्ने लक्ष्य लिएको छ। विभिन्न कार्यशालाहरू र अन्तिम दिनमा प्रकाशित हुने “धुलिखेल घोषणापत्र” को माध्यमबाट नेपाल मात्र होइन, विश्वव्यापी बौद्धिक बहसलाई पनि योगदान दिने लक्ष्य लिएको छ।
कार्यक्रम आयोजना गर्ने क्रममा धेरैले यो महोत्सव काठमाण्डौमा गर्नुपर्ने सुझाव दिएका थिए, तर आयोजक टोली धुलिखेलमै सम्भव रहेको कुरामा दृढ रह्यो। आयोजक टोलीका अध्यक्ष दीपक कुमार गौतमले भने, “धुलिखेल सक्षम छ! धुलिखेल तयार छ!” उद्घाटन समारोहमा ५१ विभिन्न मुलुकका १५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्। विभिन्न राष्ट्रका युवा, शिक्षाविद्, नीति-निर्माता, तथा प्रविधि विशेषज्ञहरूको उपस्थिति रहेको यो महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
दीपक कुमार गौतममाथि लागेको बैकिङ कसुरको घटनाले अलमल सिर्जना गरे पनि महोत्सव स्थगित नभई अझ उत्साहका साथ अघि बढेको छ। आयोजक समितिले महोत्सवलाई सफल बनाउन पूर्ण प्रतिबद्धता जनाएका छन्।
विश्वकै युवाहरूको आवाज बुलन्द पार्ने लक्ष्यका साथ अगाडि बढेको विश्व युवा महोत्सव २०२५ ले नेपाललाई एक वैश्विक नेतृत्वकर्ता को रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।महोत्सव यही चैत १४ देखि १८ गतेसम्म आयोजना हुने छ।