काठमाडौं, १५ भदाै । नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमयर जारी गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४० रुपैयाँ १५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।