सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • तिहारमा विपी राजमार्गमा राति सवारी संचालनको रोक कायमनै

तिहारमा विपी राजमार्गमा राति सवारी संचालनको रोक कायमनै

बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा–नेपालथोक खण्डमा राति सवारी सञ्चालनको रोक कायमै

445
Shares
तिहारमा विपी राजमार्गमा राति सवारी संचालनको रोक कायमनै

काभ्रेपलाञ्चोक । जिल्ला हुदै पुर्वको धेरै जिल्ला जानका लागी सहज बीपी राजमार्गमा धुलिखेलदेखि भकुण्डेबेँसीसम्मको खण्डमा २४ सै घन्टा सवारीसाधन चलाउन पाइने भए पनि चौकिडाडा देखि नेपालथोक खण्डमा भने साझा ६ बजे देखि विहान ४ बजे सम्म सवारी आवागमनमा रोक लगाईएको छ ।

गत असोज ३० गतेदेखि बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो। उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख विशाल तामाङ्गले जानकारी दिनु भयो।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब १८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो । बीपी राजमार्गकै भकुन्डेबेँसीदेखि पूर्वतर्फ भने रातिको समय सवारी चलाउन लगाइएको रोक भने तिहारमा पनि कायमै छ ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ । भने राजमार्ग हुदै यात्रा गर्ने साना सवारी साधनलाई अत्यन्तै कस्ट रहेकाले सुरक्षित यात्रा गर्न सुझाब समेत हाईस चालक देबेन्द्र तामांङ्ग बताउनु हुन्छ।

445
Shares

ट्रेन्डिङ