सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पाँचखाल नगरबासीलाई सांसद लम्सालको कोसेली, ५० करोड सहरी विकास आयोजना

पाँचखाल नगरबासीलाई सांसद लम्सालको कोसेली, ५० करोड सहरी विकास आयोजना

4700
Shares
पाँचखाल नगरबासीलाई सांसद लम्सालको कोसेली, ५० करोड सहरी विकास आयोजना

 

काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचित क्षेत्र (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा काभ्रेको पाँचखाल नगरपालिकामा सघन शहरी विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

 

शहरी विकास मन्त्री राम कुमारी झाँक्रीको सक्रियतामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति सचिब समेत रहनुभएका सांसद लम्साले ५० करोडको सघन शहरी विकास कार्यक्रम कोसेली स्वरुप पाँचखालबासीलाई उपलब्ध गराउनुभएको हो ।

 

सांसद लम्सालले निर्वाचित भएदेखि नै पाँचखाल नगरपालिकाको विकास निर्माण पहिलो प्राथमिकता राख्नुभएको छ ।

 

‘शहरी विकास मन्त्री राम कुमारी झाँक्रीको लामो प्रयत्न पछि आज सघन शहरी बिकास कार्यक्रम अन्तर्गत ५० करोड बिकास आयोजना पाँचखाल नगरपालिकामा शहरी बिकास मन्त्रालयका प्रतिनिधि, नगर प्रमुख, विभिन्न दलका प्रतिनिधि सहित बैठक बसेर योजना कार्यन्वयन गर्ने निर्णय गरियो । सांसद लम्सालले भन्नुभयो ।’

 

नगरप्रमुख महेश खरेलले पाँचखालको बिकासमा इट्टा थपिएको बताउनुभयो । ‘सघन शहरी बिकास कार्यक्रमको लगानी सम्बन्धि बैठक तथा सम्झौता भयो ।

 

शहरी पुर्वाधार निर्माणको लागि यो बर्ष ५० करोडको कार्यक्रम छनौटमा पाँचखाल नगरलाइ छानि दिनुभएकोमा वर्तमान सरकार तथा सम्बन्धित निकायहरुलाइ पाँचखालको जनताको तर्फबाट धेरै धेरै धन्यवाद । यो सहयोगले पाँचखालको बिकासमा इट्टा थपिएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु ।’

 

 

4700
Shares

ट्रेन्डिङ