सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सुनिललाई प्रियंका चोपडाले भनिन् – तपाईँ सधैँ मेरो कोच भएर रहनुहुनेछ

सुनिललाई प्रियंका चोपडाले भनिन् – तपाईँ सधैँ मेरो कोच भएर रहनुहुनेछ

190
Shares
सुनिललाई प्रियंका चोपडाले भनिन् – तपाईँ सधैँ मेरो कोच भएर रहनुहुनेछ

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले सुनिल थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

सन् २०१४ मा रिलिज भएको फिल्म ‘मेरी कोम’ मा प्रियंकाले मुख्य भूमिका निभाएकी थिइन् भने उनका गुरु (कोच) को भूमिकामा सुनिल थापा देखिएका थिए ।

उक्त फिल्ममा सुनिल थापासँगका दृश्यहरू इन्स्टाग्राममा सेयर गर्दै प्रियंकाले दुःख व्यक्त गरेकी हुन् । चर्चित भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित उक्त चलचित्रमा सुनिलले प्रियंकालाई उपाधिसम्म पुर्‍याउने प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

इन्स्टाग्राम पोस्टमा प्रियंकाले थापालाई स्मरण गर्दै लेखेकी छन्, ‘तपाईं सधैं मेरा कोच भएर रहनुहुनेछ, सर । बुवालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हाल्नुभयो ।

तपाईंले मलाई माया गर्नुभयो र मेरा धेरै कठिन दिनहरूमा थाहा नपाई साथ दिनुभयो।’

190
Shares

ट्रेन्डिङ