सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मानव तस्करीको आरोपमा प्रहरी जवान पक्राउ

मानव तस्करीको आरोपमा प्रहरी जवान पक्राउ

1625
Shares
मानव तस्करीको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौँ । मानव तस्करीमा संलग्न भएका आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ विमानस्थलबाटै पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीलाई उनलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका तामाङ ३ वर्षदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यद्यपि यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ। उनको पहुँच र सम्पर्कबारे समेत अनुसन्धान भइरहेको छ।

1625
Shares

ट्रेन्डिङ