काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडामा बिहे गर्न अनिवार्य वडाको सिफारिस चाहिने भएको छ ।
असार २१ गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो।
वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लिलाराम लम्सालले बताए ।
लम्सालद्वारा हस्ताक्षरित सूचनामा साउन १ गतेदेखि उक्त वडाभित्र विवाह गर्ने जोसुकैले अनिवार्य वडाको सिफारिस लिन निर्देशित गरिएको छ।