युक्रेनबाट नेपालीको उद्धार चल्दै : सयभन्दा धेरै नेपाली पोल्यान्ड सीमामा
काठमाडौं, १५ फागुन: युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्यान्ड सीमामा पुगेका छन् । १५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् […]